संस्थाको परिचय

यस संस्था स्थापना भएको स्थान मलेखु र यस आसपासका तत्कालीन बुद्धिजीवी, शिक्षक, व्यापारी तथा युवाहरु बीच नयाँ किसिमको सामुहिक काम के गर्ने भनेर दिमागमा विभिन्न किसिमका कुराहरु चलिरहेको अवस्थामा श्री मिनराज कंडेल, श्री देवप्रसाद त्रिपाठी र श्री वसन्तराज सिलवाल २०५३ साल आषाढमा चितवनको भरतपुरमा घुम्दै जाँदा श्री रामप्रसाद अधिकारीज्यूले संचालन गर्नुभएको दिपज्योति साकोसको अवस्था, आर्थिक गतिविधि अध्ययन गर्ने मौका मिल्यो, त्यस संस्थाको आर्थिक गतिविधि, शेयर सदस्यहरुको संस्थाप्रतिको चासो देख्दा  त्यन्त प्रभावित भई त्यस संस्थाको बारे आफूहरुबीच अनुभव सुनाउँदा अत्यन्त उत्साहित भई एउटा बचत तथा ऋण सहकारी संस्था खोल्ने अठोट गरी मिति २०५३ साल असार २९ गते स्थानीय शिक्षक, समाजसेवी, किसान तथा सामाजिक सेवामा संलग्नहरु ३० जना मिलि रु.५,०००।– (पाँच हजार) का दरले जम्मा हुन आएको १५०,०००।– (एक लाख पचास हजार) जम्मा गरी जनकल्याण बचत तथा ऋण सहकारी संस्था स्थापना गरिएको हो । संस्था २०५३ साल श्रावण २७ गते क्षेत्रीय सहकारी कार्यालय काठमाडौँ दर्ता नं. २१०÷०५३÷०५४ मा दर्ता भएको हो । यस संस्थाको कार्यक्षेत्र सुरूमा साविकको बेनिघाट, गजुरी, धुषा, जोगीमारा रहेकोमा हाल बेनिघाट रोराङ, सिद्धलेक, गजुरी र गल्छी गा.पा.मा सेवा क्षेत्र विस्तार गर्न सफल भएका छ । यस संस्थाको मुख्य कार्यालय बेनिघाट रोराङ वडा नं. ३ रिचोकटारमा १–३–०–० क्षेत्रफलमा रहेको छ । यस संस्थाको मुख्य कार्यालय बाहेक बेनिघाट, चरौदी , गजुरी , बैरेनी र आदमघाट गरी पाँचवटा सदस्य मैत्री सदस्य सेवाकेन्द्रहरु स्थापना गरी सदस्य सेवामा समर्पित रहेको छ ।

 

परिकल्पना (Vision)
दीगो, भरपर्दो, सक्षम र उत्कृष्ट वित्तीय सहकारी

A stable, reliable, capable and excellent financial cooperative.

 

ध्येय (Mission)
आधुनिक प्रविधिको प्रयोग गरी सर्वसुलभ तरिकाबाट गुणस्तरीय वित्तीय तथा गैर वित्तीय सेवा मार्फत सदस्यहरुको आर्थिक सामाजिक सांस्कृतिक विकास गर्ने ।

Aimed at ensuring financial, social and cultural development of its members by rendering quality financial and non-financial services in an accessible way by using modern technology.

संस्थालाई प्राप्त पुरस्कार तथा सम्मानहरु

  • प्रशंसा पत्र डिभिजन सहकारी कार्यालय धादिङ, २०६२
  • नमूना सहकारी घोषणा, २०६२ (नेफ्स्कून)
  • उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, २०६३ (राष्ट्रिय सहकारी महासंघ)
  • मध्यमाञ्चल क्षेत्रीय उत्कृष्ट सहकारी संस्था, २०७० (नेफ्स्कून)
  • उत्कृष्ट रक्तदाता संस्था, २०७०–२०७६ (ने.रे.सो.)
  • ACCU बाट अन्तर्राष्ट्रिय स्तरको Access Bronze Brand प्राप्त (२०७५)
  • ACCU बाट अन्तर्राष्ट्रिय स्तरको Access Silver Brand प्राप्त (२०७६) र (२०७७)
Loan Schemes

Print
PlayPause
previous arrow
next arrow

Saving Schemes

AGM_77
previous arrow
PlayPause
next arrow