यस संस्था स्थापना भएको स्थान मलेखु र यस आसपासका तत्कालीन बुद्धिजीवी, शिक्षक , ब्यापारी तथा युवाहरुबीच नयाँ किसिमको सामुहिक काम के गर्ने भनेर दिमागमा विभिन्न किसिमको कुराहरु चलिरहेको अवस्थामा श्री मिनराज कंडेल, श्री देवप्रसाद त्रिपाठी र श्री बसन्तराज सिलवाल २०५३ साल असाढमा चितवनको भरतपुरमा घुम्दै जादा श्री रामप्रसाद अधिकारिज्यु ( जो चितवनमै हुनुहुन्थ्यो ) ले संचालन गर्नु भएको दीपज्योति बचत तथा ऋण सहकारी संस्थाको अवस्था , आर्थिक गतिबिधि अध्ययन गर्ने मौका मिल्यो, त्यस संस्था को आर्थिक गतिबिधि , शेयर सदस्यहरुको संस्थाप्रतिको चसॊ देख्दा अत्यन्त प्रभावित भै त्यस संस्थाको बारे आफूहरुबीच अनुभव सुनाउदा अत्यन्त उत्साहित भै एउटा बचत तथा ऋण सहकारी संस्था खोल्ने अठोट गरि सोहि महिनाको २९ गते जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको गठन गर्ने कार्य गरियो ।
एसियाली ऋण महासंघद्वारा नेफ्स्कुन मार्फत संचालित A1 Competitive choice for excellence in service and soundness ( ACCESS Brand ) कार्यक्रम संस्था सहभागी भएको छ । सो कार्यक्रमलाई सफल बनाउनको लागि संस्थाले निरन्तर प्रयास गरिरहेको छ । हालसम्म संस्थाले सो कार्यक्रमलाई पूर्णता दिनको लागि आवश्यक नीति तथा कार्यविधि र मार्गदर्शक हरु तथा निर्देशक हरु तयार गरिरहेको छ ।
संस्थाले प्राप्त गरेका सम्मानहरु
- नमुना सहकारी घोषणा ः वि.सं. २०६२ नेफस्कून
- (Model Cooperative Award in 2062 B,S. by NEFSCUN. )
- प्रशंसा पत्र ः वि.सं. २०६२ डिभिजन सहकारी कार्यालय, धादिङ
- (Best performance certificate in 2062 B.S. by division cooperative dhading.)
- प्रशंसा पत्र ः वि.सं. २०६४ देखि वि.सं. २०६९ नेपाल रेडक्रस सोसाइटी (रक्तदान गरे वापत)
- (Best social work certificate in 2064 to 2072 B.S. by Red cross society.)
- उत्कृष्ठ सहकारी व्यवसाय पुरस्कार ः वि.सं. २०६३, राष्ट्रिय सहकारी संघ
- (Best cooperative business awarded in 2063 B.S. by National cooperative Federation of Nepal.)
- मध्यमाञ्चल क्षेत्रको उत्कृष्ठ संस्था वि.सं.२०७०, नेफस्कून
- (Best Cooperative certificate Award in 2070 B,S. by NEFSCUN.)